नेपालमा एकैदिन ३५ जनाको कोरोनाका कारण मृत्यु, १ सय ७ जना भेन्टिलेटरमा उपचाररत
काठमाडौं, १६ वैशाख । नेपालमा एकैदिन हालसम्म कै धेरै मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ४६ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ०२ प्रतिशत हो ।
यस्तै हाल नेपालभर रहेका संक्रमितमध्य ३ सय ३७ जनाको उपचार आईसीयूमा भइरहेको छ भने १ सय ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्य ३० हजार ९ सय १६ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय १ जना संस्थागत आइसोलेनसमा भर्ना भएका छन् ।
Last modified on 2021-04-30 07:53:16