प्रदेश १ मा सरकारद्वारा केन्द्रको निर्णय कार्यान्वयन
कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गर्न निर्देशन
विराटनगर, १६ वैशाख । प्रदेश १ सरकारले २५ देखि २ सय शय्या बेड भएका अस्पताललाई कोभिड १९ संक्रमितको उपचार व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
केन्द्र सरकारको निर्णय कायान्वयन गर्दै प्रदेश १ सरकारले प्रदेशभरिका २५ देखि २ सय शय्याका सरकारी, सामुदायिक, गैर सरकारी तथा निजी अस्पताललाई कोरोना संक्रमितको आफ्नो अस्पतालमा आकस्मिक उपचारको व्यवस्था मिलाउन भनेको हो ।
यस्तै सूचिकृत कोभिड अस्पताल पठाउनु परेमा वा प्रेषण गर्नु परेमा कहाँ पठाउने हो सेवा यकिन गरी मात्रै पठाउन पनि निर्देशन दिइएको छ ।
प्रदेश सरकारले सबै अस्पतालहरुले निः शुल्क वा सशुल्क उपचार व्यवस्थापन गरेपछि सम्पूर्ण संक्रमितहरुको विविरण अनिवार्य imucovid19.mohp.gov.np मा पठाउन पनि भनेको छ ।
Last modified on 2021-04-29 18:09:57