कैलालीमा पनि एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु
धनगढी, १६ बैशाख । कैलालीमा पनि एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
उता कञ्चनपुरमा पनि एकै दिन ३ जना संक्रमितको मृत्यु भइसकेको छ।