बैतडीका ४ स्थानीय तहमा छैनन् एम्बुलेन्स



Download our app to get more features

बैतडी, १६ बैशाख । बैतडीका ४ वटा स्थानीय तहमा एम्बुलेन्स सेवा उपलब्ध छैन्। जिल्लाको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिकार र शिवनाथ गाउँपालिका एम्बुलेन्स नभएका स्थानीय तह हुन्।
पुर्चौडी नगरपालिकामा एम्बुलेन्स भएपनि दुर्घटनामा परेर पूर्णरुपमा क्षती भएको थियो। दुर्घटनामा परेर बिग्रिएको एम्बुलेन्स अझै मर्मत भएको छैन्। यता नरगपालिकाले भने दुर्घटनामा परेर पूर्ण क्षती भएको एम्बुलेन्स मर्मतमा बढी खर्च लाग्ने भएपछि मर्मत नगरिएको बताएको छ।
खरिद मुल्य भन्दा मर्मत मुल्य बढी लाग्ने भनेपछि नयाँ ल्याउने प्रकृयामा गएका र पछि कोरोनाकै कारण खरिद गर्न नसकिएको बताइएको छ। पुरानै एम्बुलेन्स मर्मतमा लाग्ने खर्चबाट नयाँ खरिद गर्न सकिने हुँदा नयाँ नै ल्याउने सोच बनाएको नगरप्रमुख रणबहादुर कुँवरले बताए। पुर्चौडीको एम्बुलेन्स गत जेठ १९ गते पाटन नगरपालिकाको विन्द्रावनमा दुर्घटनामा परेर पूर्णरुमा क्षती भएर बिग्रिएको थियो। 
अन्य तिन गाउँपालिकाहरु सिगास, सुर्नया, शिवनाथ गाउँपालिकाले पनि अहिलेसम्म एम्बुलेन्स खरिद गर्न सकेका छैनन्। ‘खरिद गर्ने निर्णय गरिसक्यौँ, पहल भइरहेको छ, प्रक्रियामै छौँ’ भन्ने गरेका पालिकाहरुले कार्यकालको चौथो वर्ष समाप्त हुनै लाग्दा समेत नागरिकहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्न सकेका छैनन्। महँगा गाडी खरिद गरेर रमाएका जनप्रतिनिधिहरुलाई कोही सिकिस्त बिरामी परे अस्पताल पु¥याइदिने एम्बुलेन्स नुहुँदा पर्ने समस्यामा कुनै प्रकारको चिन्ता छैन्।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक एम्बुलेन्स सेवा नुहँुदा नागरिकहरुले बेलाबखत समस्या भोग्नुपरेको छ। एम्बुलेन्स नभएका स्थानीय तहमा महामारी तिव्र फैलिरहेका बेला बिरामी ओसारपोसर गर्न झन समस्या हुने देखिन्छ। बैतडीको शिवनाथ गाउँपालिकाले केहि दिनमै पालिकामा एम्बुलेन्स पुग्ने बताएको छ।
यस्तै बैतडीका अन्य ६ स्थानीय तहमा भने एम्बुलेन्स सेवा उपल्बध छ। 
कोभिडका कारणा केही अप्ठारो परिस्थिति सिर्जना भइहाले सिकिस्त बिरामी बोक्न र ओसारपोसर   गर्न  अन्य स्थानीय तहका एम्बुलेन्स तयार अवस्थामा रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
 

Last modified on 2021-04-29 11:24:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts