पूर्व प्रधानमन्त्री डा.भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भोलि हुने



Download our app to get more features

काठमाडौं, १६ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदैछन् ।

न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएपछि उनी आज अस्पताल भर्ना हुन लागेका हुन् । 

वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उनको शल्यक्रिया गर्न लागेको हो ।

शल्यक्रियाका लागि उनी आजै अस्पताल भर्ना भएपनि र भोलि मात्रै शल्यक्रिया गरिने बताइएको छ । 

यसअघि ट्युमरमा क्यान्सरको शङ्का भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । 

वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गर्न लागेका हुन् । 

Last modified on 2021-04-29 10:52:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts