कोरोना नियन्त्रणका लागि १५ दिन निषेधाज्ञासहित मन्त्रिपरिषदका ११ बुँदे निर्णय
काठमाडौं, १५ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमण बढी देखिएका जिल्लामा निशेधाज्ञा लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी र हिमाली जिल्ला तथा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं उपत्यका र तराईका जिल्लामा बिहीबारदेखि १५ दिनका लागि निशेधाज्ञा लगाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदले उक्त जिल्लामा जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक परेमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदले संक्रमणको जोखिमका आंकलन गरी निषेधको अवधि बढाउन सकिने, कुनै जिल्लामा संक्रमण बयैमा प्रमुख जिल्ला अधिकारीले २४ घण्टाको पूर्वसूचना दिई उपयुक्त बमोजिम निषेध आदेश जारी गर्ने निर्णय पनि गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार सार्वजनिक गरेका हुन्। सार्वजनिक निर्णय अनुसार सरकारले नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगित गर्ने, स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकलाई निजले यात्रा गर्नु अघि स्वाब संकलन भएको बहत्तर घण्टाभित्र कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने, भारतबाट स्थलमार्ग भइ नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरुको हकमा स्थानीय तहको अनुगमनमा अनवार्य रुपमा १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि गरेको छ।
यसैगरी, देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन(पाठन जारी राख्ने । भौतिक उपस्थितिमा हुने भनिएका पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरू अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने, अस्पताल पूर्वाधार अपर्याप्त भई उपचार गर्नुपर्ने आपत्कालीन अवस्थाका लागि नेपाली सेनाले पर्याप्तअ सङ्ख्यामा पालको मौज्दात राख्ने । पाल खरिदको लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने निर्णय पनि भएको छ।
यी हुन् निर्णय :
विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ को सङ्क्रमण नेपालमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा देहायबमोजिम गर्ने गराउनेः
१. कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक व्यवस्था मिलाउन सङ्क्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम प्रत्येक जिल्लाको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने। प्रमुख जिल्ला अधिकारीले सोही अधिकारको प्रयोग गरी पहाडी र हिमाली जिल्लाका हकमा २०० तथा काठमाडौं उपत्यका र तराईका जिल्लाका हकमा ५०० भन्दा बढी सक्रिय सङ्क्र मितको सङ्ख्या पुगेका जिल्लामा जिल्लाभरी वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक परेमा जिल्ला कोभिड(१९ सङ्कजट व्यवस्थापन केन्द्रको सिफारिस लिई सम्वत् २०७८ साल बैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी पन्ध्र दिनको लागि सार्वजनिक आवागमन, बजार सञ्चा लन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चािलनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने।कोभिड १९ सङ्क्रमणको जोखिमको आंकलन गरी निषेधको अवधि बढाउन सकिने।कुनै जिल्लामा सङ्क्रमण बढेमा प्रमुख जिल्ला अधिकारीले २४ घण्टाको पूर्वसूचना दिई उपर्युक्तबमोजिम निषेध आदेश जारी गर्ने। उपर्युक्त व्यवस्था कार्यान्वयन गर्न गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार समेत प्रयोग गर्ने।
२. स्थलमार्ग तथा हवाई मार्गबाट आवागमन सम्बन्धमा देहाय अनुसार गर्ने
(कं नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगित गर्ने।
(ख) स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकलाई निजले यात्रा गर्नु अघि स्वाब सङ्क लन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने।
(ग) स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञाका अतिरिक्त निजले यात्रा गर्नु अघि स्वाब सङ्कथलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको हुनुपर्ने।
(घ) हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा गर्नु अघि स्वाब सङ्कनलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको हुनुपर्ने।
(ङ) हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा गर्नु अघि स्वाब सङ्कुलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने र प्रवेश गरेपछि १० दिन अनिवार्य रूपमा होटल वा होम क्वारेन्टिनमा बस्नुरपर्ने।
(च) भारतबाट स्थलमार्ग भई नेपाल प्रवेश गर्ने नेपाली नागरिकहरूको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य रूपमा १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने।
(छ) होटल वा होम क्वारेन्टिनमा बसे नबसेको सम्बन्धमा जिल्ला कोभिड १९ सङ्कतट व्यवस्थापन केन्द्र र स्थानीय तहले अनुगमन गरी कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र गृह मन्त्रालयमा नियमित प्रतिवेदन गर्ने।
(ज) विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने। यस अघि नेपाल प्रवेश गरिसकेका विदेशी नागरिकले नेपालबाट हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान गर्न दिने।
(झ) यस आदेशको कार्यान्वयन गर्न गराउन गृह मन्त्रा लयले अध्यागमनसम्बन्धी र सँस्कृति, पर्यटन तथा नागरिक उड्डआयन मन्त्रालयले हवाई यात्रासम्बन्धी आवश्यक सूचना जारी गर्ने।
३. देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन(पाठन जारी राख्ने । भौतिक उपस्थितिमा हुने भनिएका पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरू अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने।
४. प्रकरण १ बमोजिम निषेध आदेश भएका जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयका प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने् व्यवस्था मिलाउने। घरबाटै गर्न सकिने कामको हकमा वर्क फ्रम होम को व्यवस्था गर्ने। यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउने।
५. अत्यावश्यक वस्तु वा सेवा आपूर्ति गर्ने निजी व्यवसायमा प्रकरण १ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेशको अधीनमा रही अनावश्यक भीडभाड हुन नदिने गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चोलनको व्यवस्था मिलाउने।
६. कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा यस आदेशमा उल्लेख भएका विषयमा यसै बमोजिम र अन्य विषयका हकमा नेपाल सरकारबाट यस अघि जारी भएका आदेश वा सम्बद्ध निकायबाट जारी भएका मापदण्ड लागू हुने।
७. उपर्युक्त प्रकरण १ देखि ६ सम्मका व्यवस्थासम्बन्धी आदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्ताङ्कण गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने।
८. नेपाल भारत स्थलगत सीमा नाकाहरू गड्डानचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, वेलहिया, वीरगञ्ज, रानी तथा काँकडभिट्टा नजिकै पायक पर्ने स्थानमा र काठमाडौंमा कम्तीमा एकहजार क्षमताको बहुउपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेन्टर नेपाली सेनाले निर्माण गर्ने। होल्डिङ्गर सेन्टर निर्माणका लागि आवश्यक र उपयुक्त जग्गा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने। यसका लागि आवश्यक रकमको निकासा अर्थ मन्त्रालयले निकासा दिने।
९. अस्पताल पूर्वाधार अपर्याप्त भई उपचार गर्नुपर्ने आपत्कालीन अवस्थाका लागि नेपाली सेनाले पर्याप्तअ सङ्ख्यामा पालको मौज्दात राख्ने । पाल खरिदको लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने।
१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको अभाव हुन नदिन आवश्यक सबै व्यवस्था गर्ने। पर्याप्त। अक्सिजन सिलिण्डर उपलब्ध हुने गरी आयात गर्ने। तत्काल खरिद गर्न सम्भव नभएमा सहायतास्वरूप सिलिण्डर प्राप्ते गर्न कुटनीतिक पहल गर्ने। सञ्चा्लनमा नरहेका अक्सिजन प्लाण्टको तत्काल मर्मत सम्भार गरी पूर्ण क्षमतामा सञ्चा लन हुने व्यवस्था मिलाउने।
११. अन्तरदेशीय व्यापार र आपूर्ति शृङ्खरलामा असर नपर्ने गरी आपूर्ति व्यवस्थालाई नियमित गर्ने तथा बजारमा खाद्यपदार्थ¸ औषधी तथा अन्य अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन उद्योग¸ वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्बन्धित निकायहरूको सहयोगमा नियमित बजार अनुगमन गर्ने।