सप्तरीमा मास्क नलगाउने ६ सय २४ जनालाई जरिवाना
सप्तरी, १५ बैशाख । सप्तरी प्रहरीले मास्क नलगाएका ६ सय २४ जनालाई जरिवाना गरेको छ । कोरोना महामारी तीव्र रुपमा बढिरहँदा मास्क नलगाई घरबाहिर निस्केका ६ सय २४ जनालाई एकसय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुबाट जरिवाना बापत ६२ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको छ । राजविराजसहित जिल्लाका अन्य स्थानमा अझै पनि मास्क नलगाई घर बाहिर निस्कने क्रम नरोकिएपछि प्रहरीले निगरानी बढाएको हो ।