विदेश जानेको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने
काठमाडौं, १५ बैशाख । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ ।
विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
यसअघि काठमाडौंका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । उक्त घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो ।
Last modified on 2021-04-29 07:35:55