नेपाल मेडिकल काउन्सिलले गर्यो १२ जना चिकित्सकहरुको दर्ता अद्यावधिक
यी हुन् दर्ता अद्यावधिक भएका डाक्टरहरु
काठमाडौं, १५ वैशाख । नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकहरुको दर्ता अद्यावधिक गरेको छ ।
काउन्सिलको ऐन, २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता किताब दुरुस्त राख्नु पर्ने भएकोले १२ जना चिकित्सकको दर्ता अद्यावधिक गरिएको हो ।
काउन्सिलले चिकित्सकहरुको नाम, ठेगाना र योग्यता खोली दर्ता अभिलेख अद्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्ने भएकाले विभिन्न १२ जनाको सम्पूर्ण शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्रको जानकारीका आधारमा दर्ता अद्यावधिक गरिएको बताएको छ ।
काउन्सिले गत चैत ८ गते १२ जना चिकित्सकलाई दर्ता अद्यावधिकका लागि सूचना जारी गरेको थियो । सोही अनुसार चिकित्सहरुले कागजात जम्मा गराएपछि उनीहरुको दर्ता अद्यावधिक गरिएको हो ।
दर्ता अद्यावधिक भएका डाक्टरहरुको सूची यस्तो छः