स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर शाहद्वारा लिखित ‘आमा’ सार्वजनिक



Download our app to get more features

काठमाडौं, १४ वैशाख । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण शाहको पुस्तक ‘आमा’ सार्वजनिक भएको छ । 

लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलका संस्थापक अध्यक्ष डाक्टर शाहले आफ्नै जन्मदिनको अवसरमा मङ्गलबार सो पुस्तक सार्वजनिक गरेका हुन् । 

मातृ सचेतनासम्बन्धी यस पुस्तकलाई लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको हो ।

पुस्तक विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

प्रस्तुत पुस्तकमा गर्भवती महिलाको स्याहार र देखिन सक्ने स्वास्थ्य समस्याका विषय समेटिएको छ ।

समाजमा स्वास्थ्यसम्बन्धी सचेतना नहुँदा मातृ मृत्युदर बढ्ने गरेकाले सचेतना जगाउने उद्देश्यले पुस्तक लेखिएको डाक्टर शाहले बताए ।

गर्भावस्थाको विशेष अवस्थालाई योजनाबद्ध तरिकाले व्यवस्थापन गर्न र स्वास्थ्य सचेतनाका लागि यो पुस्तिका तयार गरिएको हो । 

यसमा गर्भको योजना कसरी बनाउने, योजना बिना गर्भ रहे के गर्ने, अनि सुत्केरी र नवजात शिशु समेतको स्याहारका लागि आवश्यक उपयोगी स्वास्थ्य शिक्षा दिने प्रयास गरिएको डा. शाहले बताए ।

Last modified on 2021-04-27 16:40:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts