कोरोना परीक्षण गर्दा तोकिएकोभन्दा बढी शुल्क नलिन प्रयोगशालालाई सरकारको निर्देशन



Download our app to get more features

काठमाडौं, १४ वैशाख । सरकारले तोकेको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएको भन्दा बढी कोरोना परीक्षणका लागि शुल्क लिने गरेको गुनासो आएको भन्दै अतिरिक्त र अनावश्यक शुल्क नलिन निर्देशन दिएको हो ।

मन्त्रालयले सरकारी प्रयोगशालाका लागि १ हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ आरटी पिसिआर परीक्षण शुल्क तोकेको छ ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी समेत दिएको छ ।

Last modified on 2021-04-28 08:02:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts