भरतपुर अस्पतालमा फेरि मेसु परिवर्तन, डा. तिवारीलाई पुनः निमित्तको जिम्मेवारी



Download our app to get more features

चितवन, १४ वैशाख । चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत डा. जगन्नाथ तिवारीले अस्पतालको पुनः निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी पाएका छन् ।

वैशाख ५ गतेको सचिव स्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा डा. तिवारीलाई पुनः नियुक्त गरेको हो । मंगलबार आधिकारिक पत्र प्राप्त भएको अस्पतालले जनाएको छ ।

यसअघि उनीले गत मंसिर ८ गतेदेखि फागुन ४ गतेसम्म झन्डै तीन महिना  सोही अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्डको जिम्मेवारी सम्हालेका थिए । 

दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सि विभागका विभागीय प्रमुखको रूपमा समेत लामो समयदेखि कार्यरत छन् । 

त्यसअघि डा. तिवारीसँग अर्गाखाँची जिल्ला अस्पतालको प्रमुख एवम् जिल्ला स्वास्थ्य प्रमुख बनेर ६ वर्ष काम गरेको अनुभव छ । डेढ दशक लामो समयदेखि सरकारी सेवामा कार्यरत उनी यसअघि अन्य विभिन्न अस्पतालमा प्रमुखको जिम्मेवारी समेत सम्हाल्ली सकेका छन् । उनी अहिले अस्पतालका ४४ औँ मेसु हुन् ।

यसअघि अस्पतालको दुई महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डेले सम्हालेका थिए । डा. पाण्डे बैशाख ५ गतेदेखि ६० वर्ष पुरा भएकाले उनले स्वास्थ्य सेवा ऐनको नियम बमोजिम अनिवार्य अवकाश पाएका हुन् । त्यसअघि दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. जगन्नाथ तिवारी नै अस्पतालको निमित्त प्रमुख मेसु रहेका थिए । 

उनलाई गत मंसिर ८ गतेको सचिव स्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा नियुक्त गरेको थियो । उनले झन्डै तीन महिना सो पदमा रहेर सेवा गरेका थिए ।

मेसुमा तिवारी र पाण्डेको वर्चस्व
भरतपुर अस्पतालमा वि सं २०७६ असार महिनादेखि ०७८ साल वैशाख  ४ गतेसम्म मेसुमा डा. तिवारी र डा. पाण्डेको वर्चस्व देखियो । 

अस्पतालको तथ्याङ्क अनुसार वि सं २०७६ असार १९ गतेदेखि ०७७ भदौ २८ गतेसम्म डा. श्रीराम तिवारी प्रमुख मेडिकल सुपरिटेण्डेन्ड रहेका थिए । त्यसपछि ०७७ भदौ २८ गतेदेखि मंसिर ८ गतेसम्म डा. राजन पाण्डे प्रमेसु बने ।

गत मंसिर ८ गतेदेखि फागुन ४ गतेसम्म डा. जगन्नाथ तिवारी निमित्त मेडिकल सुपरिटेण्डेन्ड रहे । त्यस पश्चात् गत फागुन ५ गतेदेखि यही वैशाख ४ गतेसम्म दुई महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डेले सम्हाले । अहिले डा. जगन्नाथ तिवारीले अस्पतालको पुनः निमित्त मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका हुन ।

डा. श्रीराम तिवारी भन्दाअघि अस्पतालमा डा. विश्वबन्धु बगालेले ४५ दिन, डा.  रवीन खड्काले चार महिना र डा. कृष्ण पौडेलले ८ महिना मेसुको जिम्मेवारी सम्हालेका थिए ।

नौ महिनामा पाँच मेसु परिवर्तन
गत भदौदेखि नौ महिनाबीचमा अहिलेसम्म भरतपुर अस्पतालमा पाँच जना मेसु परिवर्तन भईसकेका छन् । यसरी छोटो समयमै मेसु परिवर्तन हुने संस्कार नै जस्तो बनिसकेको छ । यसले अस्पतालको दिगो विकास निर्माणका काम र गुणस्तरीय सेवामा समेत प्रभाव पारेको छ । यस्तो परम्पराको अब अन्त्य हुनु जरूरी छ ।

Last modified on 2021-04-28 08:02:36

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts