ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १४ बैशाख । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

गृहजिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना पुष्टि भएको हो ।

मन्त्री रायमाझीलाई कोरोना संक्रमण देखिएकाले छाउनीस्थित आर्मी अस्पतालमा उपचाररत भएको बताए ।  उनले आफुसँग सम्पर्कमा रहेका व्यक्तिहरूलाई पीसीआर परीक्षण गराउन आग्रह गरेकाछन् । 

मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।  कोरोना पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित आर्माी अस्पतालमा भर्ना भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts