बिपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १४ बैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोमबार मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।

वैशाख ४ गते अस्पताल भर्ना गरिएका विराटनगर–१२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो। उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी  दिए।

डा पोखरेलका अनुसार यसअघि  जनकपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो। वैशाख ९ गते अस्पतालन भर्ना गरिएको उनमा पनि उच्च रक्तचापको समस्या थियो। 

दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts