कोरोनाको दोस्रो लहरले प्रभावित बनेको भेरी अस्पतालले खुलायो ६० जना कर्मचारीका लागि आवेदन



Download our app to get more features

बाँके, १४ वैशाख । कोरोना महामारीको दोस्रो चरणको लहरले सबैभन्दा बढी प्रभावित बनेको बाँकेको भेरी अस्पतालले ६० जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको छ ।

भेरी कोभिड आईसोलेसन वार्डमा काम गर्नका लागि अस्पतालले ३ दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ । 

सोमवार सूचना जारी गर्दै अस्पतालले तीन दिनभित्र रितपूर्वकको दरखास्त आह्वान गरेको हो । 

कोभिड आईसोलेसन वार्डमा काम गर्नका लागि ३ जना एनेस्थेसियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, २ जना नर्सिङ अधिकृत, ५ जना ल्याब टेक्निसियन र ४० जना स्टाफ नर्सका लागि आवेदन खुलाइएको हो ।

यस्तो छ अस्पतालले माग गरेको आवेदनः


यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भेरी अस्पतालमा ८० जना कर्मचारी थप गर्ने निर्णय गरिसकेको छ ।

बाँके कोरोनाको दोस्रो चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । दैनिक २ सयदेखि ३ सयसम्म संक्रमित थपिँदै छन् भने अस्पतालमा कर्मचारी अभावका कारण उपचारमा समस्या हुन थालेको छ ।

कर्मचारी अभाव, बेड अभाव हुँदा उपचारमा कठिनाई भएको भन्दै आवेदन खुलाईएको अस्पताल प्रशासनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts