कोरोना विशेष अस्पताललाई अक्सिजनसहितको बेडका लागि बजेट निकासा गर्दै लुम्बिनी सरकार



Download our app to get more features

रुपन्देही, १३ वैशाख । लुम्बिनी प्रदेश सरकारले विभिन्न अस्पताललाई कोरोनाविरुद्धको लडाईंका लागि सहयोग गर्न बजेट विनियोजन गरेको छ ।

बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, नेपालगञ्जको भेरी अस्पताल, दाङ र भैरहवाको भिम अस्पतालाई अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

कोभिड १९ का बिरामीको संख्या बढ्न थालेपछि अस्पतालमा बेड अभावको समस्या भएको भन्दै प्रदेश सरकारले अक्सिजनसहितको बेड बनाउन बजेट दिने निर्णय गरेको हो । 

सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

उनका अनुसार प्रदेश सरकारले बुटवल, दाङ र नेपालगञ्जले ५० लाख रुपैंयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने छ । उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धीत मन्त्रालयले गर्ने छ ।

त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको पनि केसीले बताए ।

Last modified on 2021-04-27 08:23:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts