अक्सिजन नपाएर कञ्चनपुरमा एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, १३ वैशाख । कञ्चनपुरमा अक्सिजन नपाएर एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–४ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो ।

अचानक श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुष शनिबार माहाकाली अस्पतालमा भर्ना भएका थिए ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु भएको बताइएको छ ।

“अक्सिजनको मात्रा कम भएपछि उनलाई काठमाडौँ पठाउने तयारि गरेका थियौँ । काठमाडौँबाट हेलिकोप्टर मगाउने क्रममै उनको मृत्यु भइहाल्यो ।” माहाकाली अस्पतालका व्यवस्थापक दिपेन्द्र सिंह रावलले भने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts