गत २४ घन्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु, ७८ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, १३ वैशाख । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ०५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर रहेका संक्रमितमध्य २ सय ६८ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ७८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये २० हजार ५ सय ३५ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-04-26 18:31:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts