सुर्खेतमा भोलि मध्यरातिदेखि निषेधाज्ञा
सुर्खेत, १३ बैशाख । सुर्खेतमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
आज बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
सुर्खेतमा अहिलेसम्म चार सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै, बाँके र बर्दियामा पनि आजदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि आज मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो ।