बाँकेमा कोरोना संक्रमणबाट ४५ वर्षिया महिलाको मृत्यु



Download our app to get more features

बाँके, १३ बैशाख । बाँकेका थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत ४५ वर्षिया महिलाको मृत्यु भएको हो। 

कोहलपुर ५ की उनमा वैशाख ११ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षणमा पोजिटिव देखिएको थियो। उनी वैशाख १२ गते अस्पताल भर्ना भएकी थिइन।

योसँगै बाँकेमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या ८७ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts