नेपालमा एकैदिन २८ जनाको कोरोनाका कारण मृत्यु, ६५ जना भेन्टिलेटरमा
काठमाडौं, १२ वैशाख । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म कै धेरै मानिसको एकैदिन मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । यो एकैदिन मृत्यु हुने हालसम्मकै धेरै संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।
यस्तै हालसम्म नेपालमा रहेका संक्रमितमध्ये २ सय ५२ जना आईसीयूमा उपचाररत छन् भने ६५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
हाल नेपालमा रहेका सक्रिय संक्रमितमध्ये १ हजार ५ सय ९४ जना संस्थागत आइसोलेसनमा छन् भने १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-04-25 20:10:34