औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण, महानिर्देशक सहित ८ जना आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १२ बैशाख । औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । दुई जना फार्मेसी निरीक्षक र एक जना व्यवस्थापकलाई संक्रमण देखिएपछि विभागले आफ्नो नियमित कामहरु प्रभावित भएको जनाएको छ ।

विभागले आफूकहाँबाट हुँदे आएको काममध्ये नविकरणबाहेक अरुकाम तत्कालका लागि स्थगित भएको जनाएको छ ।

कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका विभागका महानिर्देशक भरत भट्टराईसहित ८ जना बढी कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन् । उनीहरुले एक दुई दिनमा पीसीआर जाँच गरेपछि मात्रै कार्यालय उपस्थित हुने वा नहुने निर्णय हुने प्रवक्ता सन्तोष केसीले बताए ।

पछिल्लो समय काठमाडौँसहित देशभर कोरोना संक्रमितको संख्या बढेको छ । 

Last modified on 2021-04-25 16:18:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts