९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुशिल कोइराला अस्पतालको सेवा बन्द



Download our app to get more features

बाँके, १२ वैशाख । बाँकेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले आजदेखि इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ ।

अस्पतालले सूचना जारी गर्दै आजदेखि आस्मिकबाहेकका सेवा एक साताका लागि बन्द रहने जानाएको छ ।

अस्पतालमा कार्यरतरत कर्मचारीहरुमध्ये ९० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

बिरामीको सेवामा खटिएका कर्मचारी नै कोरोना संक्रमणको चपेटामा आएपछि बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी वैशाख १८ गतेसम्मका लागि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

Last modified on 2021-04-25 12:16:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts