भोलिदेखि काठमाडौँका सात ठाँउमा कोभिडविरुद्धको पहिलो डोज खोप दिईदै



Download our app to get more features

काठमाडौं, ११ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौँले आइतबार (१२ बैशाख) देखि कोभिडविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थपेको छ । गत ७ बैशाख देखि शुरु भएको दोस्रो डोज खोप लगाउने अवधी आज अन्तिम भनिए पनि तीन स्थानबाट सो खोप लगाउने कार्यलाई भोलि पनि निरन्तरता दिइने बताएको छ ।

कहाँ कहाँ दिइदै छ पहिलो खोप भेरोसेल ?
सरकारले गत २५ चैत देखि चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आम सर्वसाधारणका लागि दिन शुरु गरेको हो । गत ७ बैशाख देखि आजसम्म दोस्रो डोज कोभिसिल्ड लगाउने तालिका थपिएपछि भेरोसेलको पहिलो खोप दिने अभियानलाई अलिक खुम्च्याइएको थियो । तर भोलिबाट काठमाडौंका ७ वटा खोप केन्द्रमा सो खोप आम सर्वसाधारणका लागि उपलव्ध हुँदैछ ।

दोस्रो डोज खोप (कोभिसिल्ड) दिने खोप केन्द्र
गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप कोभिसिल्ड लिएका व्यक्तिहरुलाई ७ देखि आजसम्मका लागि ९५३ वटा खोप केन्द्र तय गरी दोस्रो डोज खोप दिने तालिका बनाएको थियो । तर काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको निस्कर्ष निकाल्दै स्वास्थ्य कार्यालयले भोलिबाट तीनवटा खोप केन्द्रमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिने बताएको छ ।

 खोप केन्द्रहरु 
१. वीर अस्पताल महावौद्य
२. शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
३. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

Last modified on 2021-04-25 08:51:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts