बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु
बाँके, ११ बैशाख । नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेपछि मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।