कञ्चनपुरका २ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, ११ वैशाख । कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र वडा नम्बर ४ की ५० वर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

एक हप्ता अगाडी भारतको इन्दौरबाट फर्किएका पुरुषलाई गत बिहीवार अस्पताल भर्ना गरिएकोमा शुक्रबार उनको कोरोना रिपोर्ट आएको थियो ।

त्यसपछि आईसियूमा राखेर उपचार गर्दा शुक्रबार दिउँसो १ बजेतिर उनको  मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।

फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले ती पुरुषको मृत्यु भएको उनले बताए। 

यस्तै संक्रमित महिलालाई बिहीबार उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा शुक्रबार उनीमा कोरोना पुस्टि भएको थियो । 

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts