कोरोनाका गम्भीर बिरामी अस्पताल भर्ना हुने दर बढ्यो, २४ घन्टामा थप १४ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ११ वैशाख । नेपालमा पछिल्लो समय कोरोनाका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ ।

दैनिक संक्रमित दर थपिएसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या १ हजार ३ सय १६ रहेको छ । जबकी यो संख्या दुई दिन अघि १ हजार १५ रहेको थियो । 

अस्पताल भर्ना हुने बिरामीका साथै गम्भीर प्रकृतिका बिरामी पनि बढ्दै गएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार हाल नेपालभर २ सय १३ जना आईसीयूमा उपचाररत रहेका छन् भने ६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । जबकी यो संख्या दुई दिन अघि १ सय ७० र ५९ थियो ।

यस्तै हाल नेपालभर रहेका संक्रिय संक्रमितमध्ये १५ हजार ५ सय १२ जना होम आइसालेलेसनमा छन् भने ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घन्टामा नेपालभर १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हार १ सय ३६ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ०६ प्रतिशत हो ।

Last modified on 2021-04-24 20:20:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts