कोरोना संक्रमण पुष्टि भएका पूर्व राजा शाह र पत्नी कोमल नर्भिक अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वराजा शाह र पत्नी कोमल शनिवार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले स्वास्थ्यमा जटिलता नदेखिएपनि सावधानी अपनाउँदै उहाँहरु अस्पताल भर्ना भएको हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनका अनुसार चिकित्सकहरुको सल्लाहमा पूर्व राजा र रानी अस्पताल भर्ना हुनुभएको र हाल स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।
 
भारत भ्रमणबाट फर्किएका पूर्व राजा र रानीमा मंगलवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
 
संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमा आइसोलेसनमा बसेका थिए ।

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर गत आइतवार स्वदेश फर्केका पूर्व राजा र रानी कोमलमा संक्रमण पुष्टि भएको थियो ।

Last modified on 2021-04-24 20:21:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts