जिल्ला अस्पताल दार्चुलामा ४ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया



Download our app to get more features

दार्चुला, ११ वैशाख । जिल्ला अस्पताल दार्चुलामा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । जिल्लाको नौगाड गाउँपालिका–४ का १७ वर्षीय गोविन्दसिह धामीको शुक्रबार शल्यक्रिया भएको हो ।

उनको दार्चुलामा हालै आएका मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) डाक्टर आर्दश लिम्बु नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो ।

जिल्ला अस्पतालमै ४ वर्ष अघिसम्म एमडीजिपी डा. नवराज बास्ताकोटी नेतृत्वको टोलीले पनि एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेका थिए । त्यसपछि जिल्लामा शल्यक्रियाको काम रोकिएको थियो । 

अस्पतालका अनुसार पछिल्लो ३ महिनामा गर्भवती महिलाको सफल शल्यक्रिया, हात भाच्चिएका बिरामीको शल्यक्रिया, हर्नियाको र हाइड्रोशिलको शल्यक्रिया गरिएको छ ।

Last modified on 2021-04-24 10:14:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts