स्वास्थ्य व्यवसायी परिषदले प्रमाणपत्र तहको परीक्षा असार १९ गते लिने
काठमाडौं, १० वैशाख । नेपाल स्वास्थ्य व्यवसायी परिषदले असार १९ गते नाम दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने भएको छ ।
पहिलो पटक अनलाईन आवेदन भर्न लगाएको परिषदले सूचना जारी गर्दै असार १९ गते शनिवारका दिन लाइसेन्स परीक्षा सञ्चालन हुने जनाएको छ ।
परिषदका रजिस्ट्रार पुष्पराज खनालले वैशाख १० गते राती १२ बजेसम्म अनलाइन आवेदन भरेकाहरुले साविक बमोजिम नै परीक्षामा सहभागि हुन पाउने बताए ।
उनले वैशाख १० गते राती १२ बजे पश्चात अनलाईन आवेदन गर्ने प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहका आवेदकहरुले नाम दर्ता प्रमाणपत्र परीक्षा हुने पनि जानकारी दिए
Last modified on 2021-04-23 19:12:04