बाँकेमा एक हप्ता लकडाउन गर्न सिफारिस
बाँके, ८ बैशाख । बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ। कोरोना संक्रमणको लहर बढ्दै गएपछि वैशाख ९ गतेदेखि एक साताका लागि बाँकेमा लकडाउन गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एकसातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ।
संक्रमण दर उच्च हुँदै गएपछि रोकथाम गर्न लकडाउनको विकल्प नदेखिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए। पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने निर्णय गरिए पनि आवश्यकताअनुसार थप गर्न सकिने उनले बताएका छन्।
दोस्रो चरणको कोरोना लहर चलेपछि सबैभन्दा पहिले बाँकेमा लकडाउन गर्ने निर्णय भएको हो ।