‘स्पुतनिक भी’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति



Download our app to get more features

काठमाडौं, ८ बैशाख । रुसी कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।

औषधि व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लाागि अनुमति दिइएको जानकारी दिएको हो।

नेपालमा यसअघि भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई आपतकालीन प्रयोगको लाागि अनुमति दिएको थियो। 

यो खोप पनि २ देखि ८ डिग्री तापक्रममा स्टोर गर्न सकिन्छ । पहिलो डोज लगाएको ३ साता पछि दोस्रो डोज लगाउन मिल्ने भनिएको छ ।

Last modified on 2021-04-22 09:14:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts