गत २४ घन्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु, ४५ जना भेन्टिलेटरमा उपचाररत
काठमाडौं, ७ वैशाख । नेपालमा कोरोनाका कारण मृत्य हुनेको संख्या ३१ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको हो । यो दर कुल संक्रमितका १ दशमलव ०८ प्रतिशत हो ।
हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये झन्डै १ सय ६० जना आईसीयूमा उपचाररत छन् भने ४५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
यस्तै सक्रिय संक्रमितमध्ये ६ सय ८५ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ९ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-04-22 09:16:26