नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार नाघ्यो, ९५ प्रतिशतमा झर्यो निको हुने दर



Download our app to get more features

काठमाडौं, ७ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ ।

गत २४ घन्टामा १७ सय ३६ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ८७ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार ७ सय ३६ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ५५ आरटी पिसिआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ एन्टीजेन परीक्षण गर्दा ६९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा २ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ । यो दर कुल संक्रमितको ९५ दशमलव ९ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ रहेको छ ।
 

Last modified on 2021-04-22 09:15:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts