सम्बन्धीत अस्पतालमा बेडको उपलब्धता बुझेर मात्रै बिरामी रेफर गर्न सरकारको आग्रह
काठमाडौं, ७ वैशाख । सरकारले बिरामी रेफर गर्दा सम्बन्धीत अस्पतालमा बेडको अवस्था बुझेर मात्रै रेफर गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाले पछिल्लो समय बिरामीको उपचारमा समस्या हुन थालेको र बिरामीलाई रेफर गर्दा समन्वय नहुँदा बिरामीको बिचल्ली हुने गरेको भन्दै यस्तो निर्देशन दिएको हो ।
महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा बिरामीलाई अन्य अस्पतालमा पठाउनु परेमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै रेफर गर्न भनिएको बताए ।
Last modified on 2021-04-22 09:13:31