भारत भ्रमणपछि नेपाल फर्केका पूर्व राजा ज्ञानेन्द्र र पत्नी कोमल कोरोना संक्रमित

मन्त्रालयद्वारा पुष्टि गर्न बाकी



Download our app to get more features

काठमाडौं, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पत्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारत भ्रमणमा गएर नेपाल फर्केपछि पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहले कोरोना परीक्षण गराएका थिए । दुबै जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना परीक्षण गराएका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि दुबै जना हाल आफ्नै निवासमा छन् । 

पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल भारतको हरिद्वार लगायतका स्थान भ्रमणका लागि पुगेका थिए ।

यता स्वास्थ्य मन्त्रालयले पूर्व राजा रानीमा कोरोना देखिएको विषयमा पुष्टि गरेको छैन ।

Last modified on 2021-04-22 09:16:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts