भारतमा देखिएको कोरोना भेरिएन्टको प्रकार कस्तो हो ? जानौं
बीबीसी, ७ वैशाख । भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिएन्ट यूकेमा पत्ता लागेको छ ।
स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन् ।
यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ ।
कोभिडका हजारौँ प्रजाति वा भेरिएन्टले विश्वमा चक्कर लगाइरहेका छन् ।
भारतीय भेरिएन्ट कस्तो हो ?
तिनैमध्ये भारतीय भेरिएन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन् ।
पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ ।
त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ ।
नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन् ।
ब्रिटेन सरकारले यात्रामा प्रतिबन्ध लगाइएको देशहरूको रातो सूचीमा भारतलाई पनि समावेश गरेको छ।
तर भारतीय भेरिएन्ट यूके, ब्रजिल र दक्षिण अफ्रिकाका भेरिअन्ट जस्तै 'चिन्तित तुल्याउने भेरिएन्ट' हो भन्ने पर्याप्त आधार अहिलेसम्म छैन।
अन्य भेरिअन्टको अवस्था
कोभिड-१९ का केही भेरिएन्टहरू थप सङ्क्रामक र केही हदसम्म प्रतिरोधात्मक क्षमतालाई छल्ने खालका छन्:
- यूके वा केन्ट भेरिअ
- एन्ट (बी.१.१.१) धेरै जस्तो ब्रिटेनमा देखिएको छ र ५० वटा देशमा फैलिएको छ ।
- दक्षिण अफ्रिका भेरिएन्ट (बी.१.३५१) ब्रिटेनसहित कम्तीमा २० अन्य देशमा भेटिएको छ ।
- ब्रजिल भेरिएन्ट (पी.१) पनि अहिले ब्रिटेनमा भेटिएको छ ।
- पुरानो स्वरुपको भाइरसले जेष्ठ नागरिक वा स्वास्थ्य जटिलता भएकाहरूलाई उच्च जोखिममा पार्ने गरेको थियो ।
यूके भेरिएन्टबारे केही अनुसन्धानहरूले मृत्युको ३० प्रतिशत उच्च जोखिमसँग त्यो सम्बन्धीत रहेको देखाएका छन्। तर अहिलेसम्म निष्कर्षमा पुग्न यथेष्ट प्रमाणहरू छैनन् ।
खोपले काम गर्छ ?
अहिलेका खोप कोरोनाभाइरसको सुरुको स्वरूपलाई ख्याल गरेर तयार गरिएका हुन् । तर वैज्ञानिकहरूले 'सम्भवत: धेरै राम्रो नगरे पनि' तिनले काम गर्ने विश्वास गर्छन् ।
प्रयोगशालाको परिणामले थोरै कम प्रभावकारी भए पनि फाइजर खोपले नयाँ भेरिएन्टविरुद्ध सुरक्षा दिने देखाएको छ ।
अनुमति पाउने अवस्थामा रहेका नोभाभ्याक्स र यान्सनका दुईवटा खोपले पनि केही सुरक्षा दिने बताइएको छ ।
अक्सफोर्ड-आस्ट्राजेनेका खोप समूहको तथ्याङ्कले उक्त खोपबाट यूके भेरिएन्टविरुद्ध मात्र सुरक्षा दिने जनाएको छ । दक्षिण एफ्रिकी भेरिअन्टबाट यसले कम सुरक्षा दिन्छ ।
मोडेर्नाको यसअघिको परिणामले दक्षिण अफ्रिकाको भेरिएन्टविरुद्ध उक्त खोप प्रभावकारी रहेको देखाएको छ । तर प्रतिरोधात्मक क्षमता लामो समयसम्म वा बलियो नरहन सक्छ ।
भविष्यमा भाइरसको भेरिएन्ट फरक रूपमा विकास हुनसक्छ । तर खोपमा सुधार र त्यसको पुनर्संरचना गर्न सक्ने विज्ञहरूले जनाएका छन् ।