कोरोना खोपको दोस्रो डोज आजबाट लगाइने, काठमाडौं उपत्यकामा ३५ वटा खोप केन्द्र
काठमाडौ, ७ बैशाख । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप लगाइने छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने छ।
खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ।
गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।
Last modified on 2021-04-22 09:11:19