१ सय ३ दिन अस्पताल बसेका सुनिल भन्छन्ः आश मारेको खुट्टा फिर्ता पाएँ



Download our app to get more features

काठमाडौं । पुस १७ गते कैलालीका सुनिल विष्ट साथिसँग मोटरसाइकलमा थिए । त्यहि क्रममा एउटा ट्रकले उनलाई ठक्कर दियो र उनि सडकमै पछारिए ।

उनलाई तत्काल धनगढीको माया मेट्रो अस्पताल लगियो । तबसम्म उनको देब्रे खुट्टा भाँचिइसकेको थियो र नशाहरु च्यातिइसकेका थिए ।

माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभएपछि उनलाई तत्कालै काठमाण्डौ रिफर गरियो । सँगै डक्टरले ६ घण्टा भित्र काठमाण्डौ नपुगे खुट्टा नै काट्नुपर्ने बताए । यो सुनेसँगै सुनील छाँगाबाट खसेझैं भए । उनलाई आफुले खुट्टा गुमाउनै लागेको भयले दिनुसम्म पीडा थियो । उनले बिना खुट्टाको बाँकी जीवन कल्पना पनि गर्नसकेका थिएनन् ।

तर भाग्यवस उनको मामाको एयरपोटका कर्मचारीसँग चिनचान भएकाले उड्नै लागेको प्लेन केहीबेर रोकेर उनलाई काठ्माण्डौको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल ल्याइयो र तत्कालै शल्यक्रिया गरियो । त्यो शल्यक्रिया अत्यन्त जटिल प्रकृतिको थियो । डा. शिलु श्रेष्ठ लगायत चिकित्सकहरुले उनको शल्यक्रिया गरिदिए । त्यो शल्यक्रिया उनका लागि सामान्य थिएन । गुमिसकेको खुट्टा पाउनु थियो । आश मारिसकेको खुट्टा बचेसँगै उनलाई जीवनसँग अथाहा प्रेम जागेको छ ।

त्यो भन्दा ठूलो सम्मान त उनलाई डा. शिलु श्रेष्ठप्रति जागेको छ । उनका सहकर्मी चिकित्सकहरुसँग जागेको छ । हाल बैशाखीको सहयोगमा सामान्य हिँडडुल गर्नसक्ने अवस्थामा पुगेका विष्ट भावुक हुँदै भन्छन् । - 'मैले आमाबाट नपाएको माया र प्रेरणा डा. शिलु श्रेष्ठबाट पाएँ । अस्पताल प्रशासनबाट पाएँ । म उहाँप्रति सदैव ऋणी हुनेछु ।'

Last modified on 2021-04-19 16:46:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts