भेरी अस्पतालमा कोरोना संक्रमणबाट २० वर्षीया नर्सको मृत्यु
बाँके, ६ बैशाख । कोरोना भाइरस संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाट नर्सको मृत्यु भएको छ ।
भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।
उनी तीन महिनाको सुत्केरी थिइन्। कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १ गते अस्पतालमा भर्ना गरिएको थियो।
यसअघि पनि नेपालमा अनमी र नर्सको कोरोना संक्रमणपछि मृत्यु भएको थियो।