बाँकेको भेरी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

बाँके, ५ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले हाम्रो डाक्टर न्यूजलाई बताए । 

मृत्यु हुनेमा राजापुर नगरपालिका–१ बर्दियाका ७३ वर्षीय पुरुषको शनिबार साँझ ७ बजे, ७ बजेर ४० मिनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ का ७८ वर्षीया एक महिला र राति साढे ९ बजे दैलेखको नारायण नगरपालिका–१ का ६८ वर्षीया महिलाको मृत्यु भएको डा. थापाले बताए ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने र संक्रमित थपिने दर बढ्दै जादा बिरामीहरुलाई पनि समस्या हुन थालेको छ । डा. थापाका अनुसार भेरी अस्पतालमा छुट्याइएका बेड र आईसीयूहरु बिरामीले भरिसकेका छन् । जसले गर्दा थप बिरामीको उपचार कहाँ कसरी गर्ने भन्ने अन्यौल छ । 

उनले गत २ सातादेखि अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या बढ्दै गएकाले पनि समस्या हुने बताए । 

बाँकेमा हालसम्म कोरोनाका कारण ६० जनाको मृत्यु भइसकेको छ भने बाहिर जिल्लाबाट उपचारका लागि आएकाहरुमध्ये मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

Last modified on 2021-04-18 16:34:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts