नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, ५ सय ७९ जना संस्थागत आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ४ वैशाख । नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर कोरोनाका कारण थप ५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ८ प्रतिशत हो ।

यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ९४ जना आईसीयूमा उपचाररत रहेका छन् भने ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ४ हजार ९ सय ६६ जना होम आइसोलेसनमा छन् भने ५ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-04-18 08:23:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts