नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार नाघ्यो, निको हुनेदर ९७ प्रतिशतमा झर्यो



Download our app to get more features

काठमाडौं, ४ वैशाख । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८३ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ८ सय ४३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ८३ हजार नाघेको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ६ हजार ४ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ३ सय ३३ आरटी पिसिआर परीक्षण गर्दा ७ सय ६८ जना र ६ सय ७१ एन्टीजेन परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख८३ हजार ६ सय ५८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार योसँगै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ४५ रहेको छ । 

Last modified on 2021-04-18 08:23:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts