विश्व हेमोफेलीया दिवस

विश्व हेमोफेलीया दिवस मनाइँदै



Download our app to get more features

काठमाडौं, ४ बैशाख । आज विश्व हेमोफेलीया दिवस । ‘परिवर्तनलाई आत्मसाथ गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । हेमोफेलीयाको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखमा मनाउने गरिन्छ । हेमोफेलीया रगत सम्बन्धी रोग हो ।

कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन ।

सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन ।

शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हेमोफेलीया हो । जसले गर्दा सानो चोटपटक लाग्दा पनि धेरै रगत बग्ने समस्या देखिने हेमाटोलोजिष्ट डा. विशेष पौडेलले बताए । मांसपेशी र जोर्नीमा आन्तरिक रुपमा रक्तश्राव भएपछि शरीरमा निलो टाटाहरु देखिन्छ ।

समस्या देखिनासाथ रगत जँचाउन उनको सुझाव छ । सामान्यतया हेमोफेलीयाको लक्षण ६ महिनादेखि एक वर्षको उमेरभित्र थाहा हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक १० हजार व्यक्तिमा एकजनालाई हेमोफेलीया हुने गरेको तथ्याङ्क छ । 

Last modified on 2021-04-17 13:31:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts