नेपालगञ्ज मेडिकल कलेजमा कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालन



Download our app to get more features

कोहलपुर, ४ बैशाख । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा कोभिड१९ का बिरामीका लागि पुनः कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले पुनः कोभिड आइसियु र आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो । केही समयअघि कोरोना संक्रमितको संख्यामा कमी आएपछि अस्पतालले कोभिड आइसियु र आइसोलेसन वार्डको सेवा बन्द गरेको थियो।

 अस्पतालले शुक्रबारदेखि शिक्षण अस्पताल कोहलपुरमा १५ बेडको कोभिड–१९ आइसियु र ३० बेडको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो। अस्पतालले दिने गरेको अन्य सेवाहरु समेत सुचारुनै रहेको अस्पतालले जनाएको छ ।  
 

Last modified on 2021-04-17 06:39:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts