नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या ३ हजार ७० पुग्यो
काठमाडौं, ३ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने संख्या ३ हजार ७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका अुनसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर १ दशमलव ९ प्रतिशत पुगेको छ ।
यस्तै हाल नेपालभर रहेका ५ हजार ८ सक्रिय संक्रमितमध्ये ४ हजार ५ सय १ होम आइसोलेसनमा रहेका छन् भने ५ सय ८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संक्रमितमध्ये १ सय जना आईसीयूमा उपचाररत रहेका छन् भने ३८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2021-04-17 13:28:21