६ हजार १ सय ५८ पिसिआर परीक्षण गर्दा ९ सयमा कोरोना पोजेटिभ

२ सय ८ जना स्वस्थ, निको हुने दर घट्दै



Download our app to get more features

काठमाडौं, ३ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम अझै रोकिएको छैन ।

दैनिक संक्रमण थपिने दर बढ्दै जादा अस्पताल भर्ना हुने दर पनि बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा ६ हजार १२ सय ५८ पिसिआर परीक्षण गरिएको थियो । जसमा ५ हजार ५ सय ३७ आरटी पिसिआर परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको हो भने ६ सय २१ एन्टीजेन परीक्षण गर्दा ६४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप २ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ । जुन कुल संक्रमितको ९७ दशमलव १ प्रतिशत हो । नेपालमा कोरोना संक्रमित स्वस्थ हुने दर पछिल्लो समय घट्दै गएको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ रहेको छ ।

Last modified on 2021-04-17 13:28:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts