सर्लाहीमा कोरोना संक्रमितको उपचार गर्न आईसीयु र भेन्टिलेटरको अभाव



Download our app to get more features

सर्लाही, ३ बैशाख । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढिरहे पनि यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छैन ।

जिल्लाका अस्पतालहरुमा आईसीयु तथा भेन्टिलेटरको समेत व्यवस्था छैन । सबै पालिकाले कोभिड अस्पताल समेत सञ्चालन गर्न सकेका छैनन् । प्रदेश सरकारले सबै जिल्लामा पिसिआर मसिन जडान गर्ने निर्णय गरे पनि हालसम्म जडान भएको छैन ।

क्वारेन्टिनको व्यवस्थामा समेत ध्यान दिएको छैन । जिल्ला अस्पतालका प्रमुख डा. संजीव सिंहले भने माथिबाट आउने निर्देशन अनुसारको तयारी गर्ने बताए । 

कुनै चेकजाँच बिनै मानिसहरु भारतीय सीमा नाकाबाट वारपार गरिरहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts