सबै अस्पतालहरुलाई अनिवार्य फीवर क्लीनीक सञ्चालन गर्न निर्देशन
काठमाडौं, ३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फीवर क्लीनीक सञ्चालन गर्न निर्देशन दिएको छ।
कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न तथा कोरोना परीक्षणका लागि नमूना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न निर्देशन दिएको हो।
मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरको बैठकले कोरोना संक्रमणको दर बढेपछि यस्तो निर्णय गरेको हो।
यस्तै नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका बिरामीलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरुमा नपठाउन पनि अपिल गरेको छ।
मन्त्रालयले निजी प्रयोगशाला तथा अस्पतालहरुलाई कोभिड १९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्कमा उपचार बढी नहुने गरी व्यवस्था गर्न पनि आग्रह गरेको छ।