छात्रवृत्तिमा अध्ययनरत विशेषज्ञ चिकित्सकलाई 'प्राइभेट प्राक्टिसमा' कडाइ गर्न निर्देशन
काठमाडौं, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरहरुलाई 'प्राइभेट प्राक्टिसमा' कडाइ गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सरकारी शिक्षण संस्थाहरुमा चिकित्सा शास्त्र छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ बमोजिम नेपाल सरकारको छात्रवृत्ति डीएम, एमसीएच, एमडी, एमएस, एमडीएस अध्ययन गरेकाहरुलाई नीजिमा अभ्यास नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार गत चैत ३१ मा सचिवस्तरीय बैठकबाट निर्णय गर्दै अध्ययन सम्पन्न गरी परिचालन भएको विशेषज्ञ चिकितसक अस्पतालको आवश्यकताको आधारमा फर्स्ट अन कल ड्यूटी गर्ने र अस्पतालमा नै एएचएस विस्तारित सेवा सञ्चालन गरी प्राइभेट पै्रक्टिस नगर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको छ ।
Last modified on 2021-04-16 07:59:26